२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

संगीत रोयल्टी नतिर्ने १८ होटल, रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । संगीत रोयल्टी नतिर्ने विभिन्न १८ होटल, रेन्टुरेन्ट र ब्यांक्वेटविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले प्रहरीमा उजुरी दिएको छ । उपत्यकास्थित नाम चलेका होटल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको समाजका महासचिव बी पाण्डेले बताए ।

ठमेलको एलओडी, माइकल ग्रिल्स, नक्सालको रोड हाउस क्याफे, हिमालयन जाभा कफी, क्लब फरेनहाइटसहित काठमाडौंका १८ होटल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

काठमाडौं प्रहरी परिसरकी प्रवक्ता तथा डीएसपी पूर्णिमा चन्दले प्रहरीमा उजुरी आएको र आफूहरू अनुसन्धानको क्रममा रहेको बताइन् । ‘प्राविधिक विषय भएकाले हामी अनुसन्धानको क्रममा छौं । उजुरी प्राप्त भएको छ’ उनले भनिन् ।

रोयल्टी संकलन समाजका महासचिव पाण्डेले २१, ७ र ३ दिने अल्टिमेटमसहित रोयल्टी तिर्न पत्राचार गरेपनि समयमा रोयल्टी नतिर्नेविरुद्ध आफूहरू प्रहरीकहाँ पुगेको बताए । ‘हामीहरू कानूनअनुसार मुद्दा प्रक्रियालाई अघि बढाउँछौं’ पाण्डेले भने, ‘रोयल्टी नतिर्नेविरुद्ध उजुरी दायर हुने कार्य क्रमिकरुपमा अघि बढ्नेछ ।’

रोयल्टी तिर्न आग्रह गर्दै समाजले १९ हजार संगीतका उपभोक्तालाई पत्राचार गरेको उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।