काठमाडौं । स्टेज पर्फमर दुर्गेश थापाले एसइई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले एसइई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनै पनि कार्यक्रम नगर्ने बताएका हुन्।
उनले शिक्षा जीवनको सबैभन्दा मूल्यवान ‘सम्पत्ति’ हो। यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै भएकाले सबैजनालाई सफलताको शुभकामना दिएका छन्।

Post Views: 103








