२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

प्रधानमन्त्री ओली भन्छन् : नेपालका अवसर छाडेर हाम्रा युवा विदेश जानु राम्रो होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै अवसर हुँदाहुँदै पनि युवाहरू बाहिर देश जानु राम्रो नभएको बताएका छन्। आज सदनमा सांसद भगवती चौधरीले सोधेको प्रश्‍नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्।

चौधरीले पछिल्लो समय युवाहरू विदेश जाँदा मुलुक युवाविहीन भएको भन्दै यसलाई रोक्न सरकारको के-के छ योजना भनेर प्रश्न गरेकी थिइन्।

त्यसपछि प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने,‘मुलुक युवाविहीन भएको भन्नुभएको छ,मुलुक युवाविहीन होइन, ठूलो संख्यामा युवाहरू विदेश गएका हुन्,काम वा पढाएका लागि बाहिर गएका छन्, युवाहरू बाहिर जाने बाध्यता केही होला, देशको पढाइस्तर नराम्रो छैन, नयाँ पिढीलाई सुसूचित गर्नु जरुरी छ,यही अवसर छँदै छ,अवसर नहुँदा बेग्लै कुरा,अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन्,देशलाई माया गर्न नयाँ पिढीलाई सिकाउनुपर्छ।’

ओलीले यो प्रवृत्तिलाई रोक्न सरकार गम्भीर रहेको र त्यहीअनुसार विभिन्न कार्यक्रमहरू सरकारले ल्याएको बताए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।