२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

ट्रम्पले गरे ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज

अमेरिकाले ५ लाख ३० हजार आप्रवासीको अस्थायी बसोबासको कानूनी मान्यता खारेज गरिदिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यूबा, हैटी, निकारागुआ र भेनेजुएलाका आप्रवासीहरुको अस्थायी बसोबासको मान्यता खारेज गरिदिएको हो।

संघीय सरकारले एक सूचना जारी गरी उनीहरुलाई प्राप्त निस्कासन कवज र वर्क परमिट खारेज नहुँदै अमेरिका छोड्न चेतावनी दिएको छ। आगामी २४ अप्रिलमा यी दुवै अनुमति खारेज गरिने समेत सूचनामा उल्लेख छ।

यसअघि जो बाइडेन प्रशासनले पाँच लाख ३० हजार आप्रवासीलाई मानवीय प्यारोल कार्यक्रममार्फत् अमेरिकामा अस्थायी बसोबास र कामको अनुमति दिएको थियो । यो कार्यक्रमलाई ह्युमानिटेरियन प्यारोल फर क्युबान, हैटियन, निकारागुएन्स एण्ड भेनेजुएलान्स, सीएचएनभी नाम दिइएको थियो।

बाइडेन प्रशासनले कानूनी रूपमा आप्रवासनको बाटो खोल्ने प्रयोजनका लागि यो कार्यक्रम शुरु गरेको थियो। तर ट्रम्पले पद सम्हालेसँगै कार्यक्रम निलम्बनको निर्णय गरेका हुन्। बाइडेन प्रशासनले निष्कासन नगर्ने प्रतिबद्धता पत्र र वर्क परमिट दिएका ५ लाख ३० हजार आप्रवासीमध्ये कतिले स्थायी बसोबासको कानूनी अधिकार प्राप्त गरिसके भन्ने एकिन विवरण भने नरहेको बीबीसीले जनाएको छ।

कानूनी आधार नपाएकाहरुले भने अब अमेरिका छोड्नुपर्ने भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।