२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

दीपक मल्लिकको घर भत्काइएको विषयमा छानबिन समिति गठन गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका राष्ट्रियसभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा महायज्ञको नाममा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।

आइतबारको राष्ट्रियसभा बैठकमा उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरंग बाबाले दलित समुदायका दीपक मल्लिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरेका हुन् ।

उक्त घटनाले ६० लाख दलित समुदायलाई अपमानित गरेको बताउँदै उनले भने, ‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ । म यो जघन्य अपराधको निन्दा गर्दछु । यो घट्नाले झण्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ ।’

उनले उक्त घटनाले संविधान र कानूनको धज्जी उडाएको भन्दै नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बताए ।

उनले भने, ‘निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ । घटनाको सत्यतथ्य छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दछु ।’ निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको उनले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।