२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बालेनले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू

काठमाडौं । काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् ।

शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरे । उनले आफूलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश नहराउन समेत अनुरोध गरेका छन् ।

‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’ बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’

यति मात्र होइन बालेनले गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि भनेका छन् ।

काठमाडौं महानगरका अध्यक्ष बालेन्द्र शाह र कांग्रेस एमालेबीच पटक–पटक विभिन्न मुद्दामा विवाद रहँदै आएको छ ।

सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जितेका छन् । उनी ०७९ मा पनि त्यही ठाउँबाट सांसद भएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।