२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

वाशिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ।

वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो।

सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ। केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो।

गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।