२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

बबिना भट्टराईको स्वर तथा संगीतमा गजल ‘मदहोस’ सार्वजानिक ( भिडियो सहित )

काठमाडौ । बबिना भट्टराईको स्वर तथा संगीतमा गजल ‘मदहोस’ सार्वजनिक भएको छ।

पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलको एरेन्ज मनोहर सुनामले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

केहि दिन  अगाडि गजलको अडियो बबिना भट्टराईको युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको थियो । भिडियो बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजनिक भएको छ । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत गजल सार्बजनिक गर्दै गजलकार ‘श्रृङ्खला’ले आफ्‌ना गजलका शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले निकै मेहनतका साथ आफ्‌नो स्वर तथा संगीत दिएकीले गजल ‘मदहोस’ श्रुतिमधुर बनेको बताएका छन् भने भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । ए.जे. अजुको छायाँकंन र निर्देशनमा तयार भएको मदहोस गजलको भिडियो अनिल बिष्टले कलर र सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।