२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

गणतन्त्रवादी र राजावादीले सारे प्रदर्शन समय

काठमाडौं । गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर दूबै समूहले यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारेका हुन् ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।

उनले पहिले ११ बजे भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको बताए ।

राजावादीले तिनकुनेमा सभा राखेको छ भने गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।