२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

सरकार खोज्दै , दुर्गा प्रसाई सामाजिक सञ्जालबाट चुनौती दिँदै

काठमाडौं । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । आज (शुक्रबार) तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा दोषी करार गर्दै प्रसाईँलाई पक्राउ गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । प्रहरीले प्रसाईँलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

तर, प्रसाईँले भने सामाजिक सञ्जालमार्फत राज्य संयन्त्रलाई चुनौति दिएका छन् । उनले आफूलाई पक्राउ गर्न प्रहरी आउनु नपर्ने, जहाँ बोलायो त्यहीँ आउने बताएका छन् । ‘आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जनप्रती हार्दिक श्रद्दासुमन । साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैद्धिक विधिपूर्वक पुजाअर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल पुग्दा अश्रुग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ? हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं । हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो । त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ । अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिँदैन । किन कि दुर्गा अब व्यक्ति हैन । विचार हो, अभियान हो,’– प्रसाईँले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।