२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

देउवा भन्छन्- यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारे चर्चा गर्दै पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहो-याए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यिनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

उनले गणतन्त्र स्थापनाको लागि नेपाली जनताले ठूलो त्याग र बलिदानी दिएका स्मरण गर्दै भने, ‘मुलुक गणतन्त्रबाट पछाडि फर्किंदैन ।’ राजावादीका नाममा भएका जुनसुकै हर्कतले पनि गणतन्त्रलाई कुनै प्रभाव नपार्ने भन्दै कांग्रेस पनि त्यसतर्फ स्पष्ट रहेको उनले बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।