२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किदै, रास्वपाले बोलायो बैठक

काठमाडौं । रवि लामिछाने आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिकै जिम्मेवारीमा फर्किने भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको विशेष बैठकले रविलाई पार्टीमा कमब्याक गराउने निर्णय गरेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झालेका अनुसार त्यसका लागि आज दिउँसो ३ बजे बैठक राखिएको छ । उक्त बैठकले रविलाई सभापतिमै कमब्याक गरेको घोषणा गर्ने छ ।

प्रवक्ता झाका अनुसार आज पार्टीको दुईवटा बैठक बस्दैछ । पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ भने दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् ।

रविसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुने बताइएको छ ।

रवि सहकारी ठगी प्रकरणमा काकित २ गते पार्टी कार्यालयबाट पक्राउ परेका थिए । रविविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।