२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

हप्तामा दुई दिन बिदा र जोरविजोर सवारी चलाउने सरकारको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदूषण नियन्त्रणका लागि बिहीबार सहरी विकास मन्त्रालयमा छलफल भएको छ । आज भएको सरोकारवाला र विज्ञहरूसँगको छलफलमा काठमाडौं उपत्यकामा दैनिक बढिरहेको प्रदूषण नियन्त्रणका लागि हस्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा छलफल भएको कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

उनका अनुसार आज भएको विज्ञहरु र सरोकारवालाहरुको छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा समेत अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् ।

मन्त्री सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने विषयमा आफू गम्भिर रहेको समेत बताएका छन् । सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गर्ने विषयमा आफूले कदम चाल्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।