२०८२ फाल्गुन ३ आईतवार
२०८२ फाल्गुन ३ आईतवार

ज्ञानेन्द्र शाहीको आरोप- जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता हुन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोप लगाएका छन्।

राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले चैत १५ गते जडिबुटी प्रशोधन केन्द्रमा माओवादीका कार्यकर्ताले आगो लगाएको बताएका हुन्।

‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- सरकारी सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,’ प्रवक्ता शाहीले दाबी गरे।

उनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको पनि बताए।

दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरेको थियो।

उनले मिश्र र राणालाई रिहाइ गर्न पनि माग गरेका छन्। ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्,’ उनले भने।

राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीजस्ता एजेन्डामा राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गरेको हो।

ज्ञाहीले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गरिनुपर्ने पनि बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।