२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

वीरगञ्जमा कर्फ्यु आदेश जारी

काठमाडौं । पर्साको वीरगन्जमा हिन्दु र मुस्लिम समुदायबिच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शनिवार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो।

झडपपछि वीरगञ्जको स्थिति अत्यन्तै संवेदनशील बनेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

झडपको क्रममा केही पसलहरूमा आगजनी भएको छ भने केही स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन् । अवस्था नियन्त्रणबाहिर जान नदिन वीरगञ्जका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।