काठमाडौं । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।

लुटपाटमा संलग्न आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लुटिएको ३० लाख रुपैयाँ रिकभर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
बुधवार साँझ ८ बजेतिर लुटिएको प्रहरीले जनाएको छ । संलग्नहरूबारे अनुसन्धान जारी रहेको छ ।

Post Views: 126








