२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ।

भेटका क्रममा सरकारलाई कसरी थप बलियो बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला ओली-देउवा भेटलाई बालुवाटरले भने नियमित छलफल भएको बताएका छन्।

‘संयुक्त सरकारका दुई नेताबीचको भेटघाट हुनु स्वभाविक नै हो। उहाँहरूबीच करिव एक घण्टा चलेको छलफलमा सरकारलाई थप कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने।

पछिल्लो समय सरकार परिवर्तनको हल्ला प्रचण्डको छटपटी मात्र भएको बालुवाटार स्रोतको दाबी छ। यद्यपि, सरकारको कार्यसम्पादनमाथि सत्ता गठबन्धनकै नेताहरूले प्रश्न भने उठाइरहेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।