२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

रवि लामिछानेको मुद्धामा मिसिल डिजिटल बनाउन सर्वोच्चको आदेश

काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले जिल्ला अदालत रुपन्देहीलाई मिसिल डिजिटल बनाउन आदेश दिएको छ । अदालतले सम्पूर्ण कागजात स्क्यान गरी १५ दिनभित्र सफ्टवेयरमा अपलोड गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत बुटवलको थुनासम्बन्धी आदेश त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि गत चैत ३१ गते न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले उच्च अदालत बुटवल इजलासलाई कैफियत प्रतिवेदन पेश गर्न भनेको थियो ।

त्यससँगै, सुप्रिम सहकारी प्रकरणको मिसिल स्क्यान गरी अपलोड गर्न जिल्ला अदालतलाई पत्राचार गर्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार कागजात डिजिटल बनाउने कार्य अदालतको रणनीतिक हिस्सामै पर्छ । उनले भने, ‘यसले अभिलेखीकरण मात्र होइन, प्रमाण आदानप्रदान सहज बनाउँछ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।