२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।