२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो ।

बिहीबार (वैशाख ११ गते) देखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ । तर, शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि परीक्षा हुने या नहुने भन्नेबारे अन्योल रहेको थियो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ । यसैबीच शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।