२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरू संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको छ ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाई छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई फर्किन आह्वान गरेको छ । परीक्षामा शिक्षक नगए भने त्यसको विकल्पमा पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस पटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको सङ्ख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ । परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यस पटक शिक्षकहरू आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।

शिक्षक महासङ्घले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौँमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।