२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

एलेन ठूलेले ल्याए ‘किरात लोहोरुङ राई विविध’ पुस्तक

काठमाडौं । लेखक एलेन ठूलेले अर्को अनुसन्धानमूलक कृति ‘किरात लोहोरुङ राई विविध’ प्रकाशनमा ल्याएका छन् ।

किरात लोहोरुङ राई समाजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको छ । समाजका पूर्वअध्यक्षहरू डम्बर लोहोरुङ राई, चित्रबहादुर लोहोरुङ राई, संस्कृतिविद् डा. भक्त राई, गीतकार शुभ मुकारुङ, गायक अशोक मुकारुङलगायतले सार्वजनिक गरेका हुन् ।

लेखक ठुलेले २०७४ सालमा प्रकाशित ‘किरात राई लोहोरुङ चिनारी’ (किलोराचि) पुस्तकको निरन्तरतास्वरूप यो दस्तावेजको जन्म भएको सुनाए । ‘सम्झिँदा–सम्झिँदै, बटुल्दा–बटुल्दै किलोराचिमा छुटेका विषयहरूलाई किलोराविमा अटाउने कोसिस गरेको छु । सायद किलोराचि प्रकाशनको समयमा भ्याइनँ या त त्यतातिर मन–ध्यान नै पुगेन’, उनले भने, ‘यस किलोराविमा घर तथा वरिपरि, रूखपात, फल तथा लहरा, खोलानालाहरूलाई लोहोरुङ भाषामा कसरी सम्बोधन गरिन्छ भनेर समावेश गरेको छु ।’

उनले चावाको उत्पत्ति कहाँ र कसरी भएको भनी संकलन गर्न सकेजति बटुलेको बताए । केही पाछा संकलन गर्न समय र परिस्थितिले साथ नदिनाले अपुरो रहेको ठूलेको भनाइ छ । उनका अनुसार लोहोरुङसँग जोडिएका मिथक पनि यसमा समावेश छन् । ‘लोहोरुङ भाषामा बोलाइने विभिन्न स्थानहरूको नाम किन र कसरी रह्यो भन्नेबारे सुने–बुझे र संकलन गर्न सकेजति अटाएको छु’, ठूलेले भने ।

उनले अघिल्लो कृतिमा आफ्नो समुदायको परिचय, भाषा, पाछा/पासा, साइनो र नाता सम्बन्ध, जन्म, विवाह र मृत्यु संस्कार, पूजा (साम्माङ), चाड र केही मिथक समेटेका थिए । आफ्नो पहिरन, भाषा, परम्परा, संस्कार र संस्कृतिको जगेर्ना आफ्नै समुदायबाट मात्र गर्न सम्भव छ भन्ने लागेर फेरि पुस्तक लेख्ने प्रयास गरेको उनको भनाइ थियो ।

पूर्वअध्यक्ष डम्बरले भानुभक्त नेपाली भाषाको आदिकवि भएजस्तै ठूले लोहोरुङको ‘आदि लेखक’को संज्ञा दिए । ‘लोहोरुङ समुदाय यत्रो धेरै छ । धेरै पढेका पनि छन् । माथि–माथि पुगेका (जस्तोः नेपालमा ३८–४० प्रतिशत आदिवासीहरूमध्येबाट पहिलो लोकसेवा अध्यक्षता ग्रहण गर्ने) पनि लोहोरुङबाटै छ’, उनले भने, ‘तर, उहाँहरूले पनि यसरी किताब लेखेर आफ्नो परिचय दिएर अगाडि नबढिरहेको अवस्थामा मामा (लेखक)ले लोहोरुङको बारेमा लेख्नुभएको छ’, उनले भने ।

संस्कृतिविद् डा. भक्तले यो पुस्तक लोहोरुङ राई समुदायका लागि मात्र नभएको बताए । संसारभरका हरेक अध्येताका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । सिंगापुर पुलिस फोर्सको चिफ इन्स्पेक्टर (सीआई)बाट अवकाशप्राप्त लेखक ठूलेको यो कृति गंगाकुमारी राई याक्खाले प्रकाशन गरेकी हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।