२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ ।

बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिनुभएको छ ।

त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।

स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताउनुभएको छ ।बिजुली आपूर्तिका लागि निरन्तर प्रयास भइरहेको खबरमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।