२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

गगन थापालाई अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनलाई लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुई‌केलले सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको बताए। उनले आफैँ वा आफ्ना कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न सक्नेछन्।

कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दामा ‘सर्वोच्च अदालतले डिल गरिरहेको छ’ भनेर बोलेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।