२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

आममाफी पाएका रेशम चौधरी किन पक्राउ परे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनबाट उनलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

चौधरी जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रमका लागि प्रज्ञा भवन पुगेका थिए । तर, कार्यक्रम सुरु नहुँदै प्रहरीले उनलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार पु¥याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार टिकापुर घटनाको बाँकी कैद भुक्तान गर्न पक्राउ गरिएको जानकारी दिए ।

‘पहिलेको मुद्दामा कैद पूरा हुन बाँकी भएकाले उनलाई पक्राउ गरिएको हो,’ उनले भने । कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेपछि मात्रै थाहा हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

चौधरी टीकापुर घटनाका प्रमुख आरोपी हुन् । उनलाई २०७२ सालमा भएको घटनापछि जन्मकैदको सजाय सुनाइएको थियो । तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिको निर्णयबाट उनी कैदमुक्त भएका थिए । सो निर्णयविरुद्ध सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।