काठमाडौँ । काठमाडौँ नागढुंगा–पिपलमोड सडक मर्मतका लागि वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।
सडक आयोजनाले वैकल्पिक मार्ग अपनाउन अनुरोध पनि गरेको छ।

Post Views: 193








