२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

नौबिसे–नागढुङ्गा सडक आजदेखि १० दिनसम्म रातमा चार घण्टा बन्द हुने

काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको हो । सो अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

त्यस्तै, नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने छन् । बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने रोकिने छैनन् ।

सडक योजनका अनुसार अरु यातायातका साधन तथा यात्रुलाई समस्या नहोस् भन्ने ध्येयले वैकल्पिक मार्गको पनि व्यवस्था गरिएको छ । सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्गलाई बैकल्पिक माग तोकिएको छ ।

यस्तै, त्यस समय अवधिमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्गलाई पनि प्रयोग गर्न सकिने छ । रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।