२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

सरकार ढाल्न जादु त चल्छ तर चलाउन चाहेका छैनौँ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीले चाहेको खण्डमा जादु चल्ने, तर अहिले आफूहरुको ध्यान त्यतातिर नरहेको बताएका हुन् । ‘जादु चलाउन चाहे त चल्छ, अहिले चलाउने पक्षमा छैनौँ,’– प्रचण्डले भने ।

उनले अहिले आफूहरु सरकारको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा अरु कसैलाई पनि फकाउने पक्षमा नरहेको बताए । वर्तमान सरकार आफ्नै बोझको कारणले ढल्ने भने निश्चित रहेको उनले बताए । अध्यक्ष प्रचण्डले जनताको मनमा भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलिसकेको दाबी गरे ।

प्रचण्डले अहिले माओवादीको ध्यान सरकार बनाउने र गिराउने भन्दा पनि जनतातिर केन्द्रीत रहेको र आगामी जेठ महिनादेखि मध्यपहाडी लोकमार्ग अभियानमा जाने तयारी रहेको बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।