२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

अख्तियारका आयुक्तको गुनासो- विदेशमा लुकाएको सम्पत्ति ल्याउन सरकारले सहयोग गरेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले सो गुनासो गरेका हुन् ।

भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नै नचाहेको उनको भनाइ थियो ।

‘अहिले पनि सिंगापुर, अमेरिका र यूरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईंहरूले सहयोग गर्नुपर्‍यो,’ उनले भने, ‘सिंगापुरले त भ्रष्टाचार भएको मनि (पैसा) पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’

फरक प्रसंगमा उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको जिकिर गरे ।

आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनि दबाब नआएको उनको भनाइ थियो । भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी उनले गरे ।

‘कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानू र नलैजानू भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भरिहकै अवस्था हो । ठूला माछाहरूलाई लगेन भन्ने कुरा ५/१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ,’ राईले भने, ‘सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौं । उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि । उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुपर्‍यो नि । तर उहाँहरू कोही नामसम्म लिन चाहनुहन्न ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।